काठमाडौं । नेपाली राष्ट्रिय टिमका दुई खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेत एक अर्काविरुद्ध मैदानमा उत्रदा सावित्राको टिम गोकुलम केरला एफसी इन्डिन वुमन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
सावित्राको दुई गोलको मद्दतमा गोकुलमले साविक विजेतासमेत रहेको सेथु एफसीलाई दोस्रो सेमिफाइनलमा ३-० ले पराजित गरेको हो ।
गतवर्ष सावित्रासँगै अनिता बस्नेतले पनि सेथुबाट खेलेकी थिइन् । तर यसपटक अनिता सेथुमै रहँदा सावित्राले भने गोकुलमबाट खेलेकी हुन् ।
सावित्राले लिग चरणदेखि सेमिफाइनलसम्म सबै खेलमा गोल गर्दै सर्वाधिक १५ गोल गरिसकेकी छिन् । अब गोकुलमले उपाधिका लागि क्रिप्सासँग खेल्नेछ । क्रिप्साले पहिलो सेमिफाइनलमा केन्क्री एफसीलाई ३ -१ ले हराएको थियो ।