+

ओडीआईको एकै खेलमा ६ विकेट लिने सन्दीप पहिलो नेपाली खेलाडी

२०७६ माघ  २९ गते १०:५० २०७६ माघ २९ गते १०:५०
ओडीआईको एकै खेलमा ६ विकेट लिने सन्दीप पहिलो नेपाली खेलाडी

२९ माघ, काठमाडौं । सन्दीप लामिछाने नेपालका लागि ओडीआई क्रिकेटमा एकै खेलमा सर्वाधिक विकेट लिने नेपाली खेलाडी बनेका छन् ।

नेपालमा भइरहेको आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा सन्दीपले अमेरिकाविरुद्ध ६ विकेटको कीर्तिमान बनाएका हुन् ।

कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा सन्दीपले धातक बलिङ गर्दै अमेरिकाका ६ ब्याट्सम्यानलाई आउट गरे । उनले ६ ओभर बलिङ गर्दा १ ओभर मेडन राख्दै १६ रन मात्र खर्चेर ६ विकेट लिएका हुन् ।

यसअघि सोमपाल कामीले एकै खेलमा ५ विकेट लिएका थिए । गत वर्ष नेपालले यूएई टुर गर्दा सोमपालले दोस्रो खेलमा ५ विकेट लिएका थिए ।

सन्दीप र सुशनले धातक बलिङ गर्दै १० विकेट लिएपछि नेपालले अमेरिकालाई १२ ओभरमै ३५ रनमा अलआउट गरेको हो । ओडीआई क्रिकेट इतिहासमा यो विश्वकै सबैभन्दा कम स्कोरको बराबरी हो । यसअघि सन् २००४ मा जिम्बावे श्रीलंका विरुद्ध १८.४ ओभरमा ३५ रनमै अलआउट भएको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय