+
+

रिलिज भयो सुशिल र रुविनाको ‘लभ डायरीज’

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २ गते ११:४३

सौरभ चौधरीको निर्देशनमा तयार भएको चलचित्र ‘लभ डायरीज’ आजबाट नेपालभरका हलमा रिलिज भएको छ । बारम्बार प्रदर्शन मिति सरेपनि अन्तत यो चलचित्र प्रेम दिवसको अवसर पारेर रिलिज गरिएको हो ।

प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको यो चलचित्रलाई दर्शकले रुचाउने विश्वास यसको निर्माणपक्षको छ ।

चलचित्र ‘लभ डायरीज’मा नायक सुशिल श्रेष्ठ र नायिका रुविना थापाको मुख्य भूमिका छ । त्रिकोणात्मक प्रेमकथामा तयार भएको यो चलचित्र सुशिल र रुविनाको करिअरका लागि पनि महत्वपूर्ण छ ।

गत हप्ता रिलिज भएका दुई नेपाली चलचित्र ‘साङ्लो र सेल्फी किङ्ग’ले पनि हलमा निरन्तरता पाएका छन् । तर, दुबै चलचित्रको व्यापार आशातित छैन । ‘लभ डायरीज’ भने सोलो रिलिज भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?