काठमाडौं । साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिग २०७६ तेस्रो स्थानमा चित्त बुझाउँदै सकाएको छ ।
लिग अन्तर्गत आफ्नो अन्तिम खेलमा शुक्रबार जावलाखेल युथ क्लबलाई १-० ले पराजित गर्दै मनाङले थ्री स्टारलाई पछि पारेको हो ।
सातदोबा६स्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा निशाल सुब्बाले मनाङको लागि गोल गरे । उनले खेलको ७५औं मिनेटमा गरेको गोल नै मनाङलाई ३ अंक दिलाउन निर्णायक बन्यो ।
निशानले सुशील लामाको पासमा गोल गरे । यस सिजन आठौं जित हात पारेको मनाङले १३ खेलबाट २८ अंक जोड्यो । मनाङले ८ खेल जित्दा ४ खेल बराबरी खेलेको थियो भने एक खेलमा हार बेहोर्यो ।
साविक विजेता मनाङ च्यासल युथ क्लबसँग मात्र पराजित भएको थियो । अंक तालिकामा मनाङ र मछिन्द्र क्लबको समान २८ अंक भए पनि मछिन्द्र गोल अन्तरमा अघि छ ।
मछिन्द्रले १२ खेल खेलेको छ र गोलअन्तर मनाङको भन्दा ४ बढी छ । अब लिगको अन्तिम खेलमा शनिबार मछिन्द्रले शीर्ष स्थानको त्रिभुवन आर्मीसँग खेल्नेछ । आर्मीको १२ खेलबाट २९ अंक छ । मछिन्द्रसँग बराबरी खेले मात्र पनि आर्मीले उपाधि जित्नेछ । मछिन्द्रलाई भने आर्मीविरुद्ध स्पष्ट जितको आवश्यकता छ ।
१३ खेलमा मनाङको नतिजा
विरुद्ध एपीएफ २-०
विरुद्ध आर्मी १-०
विरुद्ध ब्रिगेड १-०
विरुद्ध फ्रेण्ड्स १-१
विरुद्ध मछिन्द्र २-२
विरुद्ध हिमालयन ०-०
विरुद्ध थ्री स्टार २-२
विरुद्ध सरस्वती १-०
विरुद्ध संकटा ३-०
विरुद्ध च्यासल ०-२
विरुद्ध एनआरटी ४-१
विरुद्ध पुलिस २-०
विरुद्ध जावलाखेल १-०
गरेको जम्मा गोल : २०
खाएको जम्मा गोल : ८
सर्वाधिक गोलकर्ता –
विमल राना, अन्जन विष्ट : ६/६ गोल
दयानन्द सिंह, निशान लिम्बु : २/२ गोल
फेमी जोसुअ, जगजित श्रेष्ठ, रन्जन विष्ट : १/१ गोल
आत्मघाती (संकटाविरुद्धको खेलमा) : एक गोल
प्रतिक्रिया 4