+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
138/4 (17.1)
VS
चितवन राइनोज 2025
0/0
Shares

प्रधानमन्त्री ओली गृहजिल्ला झापामा, सडक र पुल उद्घाटन गर्ने

रासस रासस
२०७६ फागुन ४ गते १३:०९

४ फागुन, भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओली झापा जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आइतबार गृहजिल्ला आएका छन् ।

भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी, मुख्यमन्त्री शेरधन राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तुकुमार नेम्वाङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलगायतले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न झापाका प्रतिनिधिसभा र प्रदेशसभाका सांसद् र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी भएका थिए । प्रधानमन्त्रीसँगै पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ पनि झापा आएका छन् ।

झापामा रहँदा प्रधानमन्त्रीले दमक कृष्ण मन्दिरदेखि बेलडाँगी कालोपत्रे सडकको उद्घाटन, दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा बनेको पक्की पुलको उद्घाटन, दमक नगरपालिका–१ मा जनता आवासमार्फत निर्माण गरिएका घरको साँचो हस्तान्तरण गर्ने बताइएको छ ।

प्रधानमन्त्री ओलीले आइतबार अपराह्न बेलडाँगीमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम पनि रहेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?