+
+

खरिपाटी क्वारेन्टाइन : स्थानीय डराएपछि घर–घरमा प्रजिअ, स्वास्थ्यमन्त्री पनि जाँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ६ गते १०:३५
भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे (वायाँ) स्थानीयबासीलाई भेट्दै । तस्वीर : रासस

६ फागुन, काठमाडौं । चीनबाट उद्धार गरिएका नेपालीहरुलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखेपछि कोरोना भाइरस संक्रमणको त्रास वरपर छाएको छ । यही त्रासमा कतिपय स्थानीयले घर छाडेका समाचार सार्वजनिक भएका छन् । यहीबीच, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे जनचेतना जगाउन घरघरमा पुगेकी छन् ।

‘कतिपयले घर छाडे भन्ने सुनियो । के रहेछ भनेर बुझ्न र सम्झाउन हिँजो स्थानीयबासीलाई भेटेका थियौं, आज पनि भेट्छौं हामी,’ उनले अनलाइनखबरसँग भनिन् ।

स्थानीयबासीलाई भेटेर कोरोना भाइरस संक्रमित व्यक्तिलाई खरिपाटीमा नराखिएकाले नडराउन भनिएको उनले जानकारी दिइन् । खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएकाहरूको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएको पाण्डेको भनाइ छ ।

पहिले त्रास रहे पनि अहिले भने खरिपाटीका बासिन्दा पूर्ववत् दैनिकीमा फर्किइसकेको प्रजिअ पाण्डेले जानकारी दिइन् । ‘कोरोना भाइरस सर्ने डरले करिब चार–पाँच घरका केही सदस्यहरुले छोराछोरीसहित श्रीमतीलाई माइत पठाएका रहेछन्, अहिले त उनीहरु पनि आफ्नो घरमा फर्किसकेका छन्,’ उनले भनिन् ।

प्रजिअ पाण्डे नेतृत्वको घरदैलो टोलीमा सहायक प्रजिअ दिलीप लामिछाने, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल गणका गणपति महासेनानी शिव पौडेल, सशस्त्र प्रहरी गुहेश्वरी गण दुवाकोटका सशस्त्र प्रहरी उपरीक्षक विश्वराज भट्टराईलगायत थिए ।

प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार, मंगलबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि खरिपाटी जाँदैछन् । मन्त्री ढकालले पनि स्थानीयबासीलाई भेट्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?