+
+

केकको लास काटेर मनाइयो मृत्युको वार्षिकी (भिडियो सहित)

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ८ गते १३:११

दुनियाँमा हरेक देशका रहनसन तथा संस्कृति र परम्पराहरु फरक-फरक हुन्छन् । कतिपय ठाउँका संस्कारहरु यस्ता अनौठा हुन्छन् कि सुन्नेलाई पनि असजिलो लाग्दछ ।

पछिल्ला दिनहरुमा एउटा भिडियो सोसल मिडियामा निकै चर्चित बनिरहेको छ । उक्त भिडियोमा कुनै व्यक्तिको डेथ एनिभर्सरी अर्थात् निधनको वार्षिकीमा मृतकको लासको स्वरुपमा तयार पारिएको केक केही मानिसहरुले काटेर खाइरहेका छन् ।

उक्त लासरुपी केक सर्भ गर्नका लागि त्यहाँ वेटरहरु पनि देखिन्छन् । साथै भिडियोमा केही फोटोग्राफरहरुले तस्वीर खिचिरहेको पनि देखिन्छ ।

उक्त भिडियो स्पेनको भएको बताइएको छ । तर स्पेनको कुन ठाउँमा खिचिएको हो भन्नेचाहिँ खुलेको छैन ।

केकबाट बनाइएको मृतकको शरीरलाई काटेर पाहुनाहरुले खाइरहेको दृश्य अनौठो लाग्दो अवश्य पनि छ । नेपालमा पहिले पहिले राजाहरुको काट्टो खाने चलनसँग यसलाई दाँज्न पनि सकिन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?