+
+

सेरेमोनियल राष्ट्रपतिलाई संकटकालीन अधिकार !

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १४ गते ७:०५

१४ फागुन, काठमाडौं । नेपाल ट्रस्टले मंगलबार जारी गरेको श्वेतपत्र र नेकपामा चलेको संविधान संशोधनको बहसले आजका दैनिक पत्रपत्रिकाहरूमा प्राथमिकता पाएका छन् ।

कान्तिपुरले ‘सेरेमोनियल राष्ट्रपतिलाई संकटकालीन अधिकार’ शीर्षक दिएर संविधान संशोधनका नेकपाका मूल ४ एजेन्डाबारे समाचार बनाएको छ । समाचार अनुसार, संविधानको धारा ६६ ले राष्ट्रपतिको काम, कर्तव्य र अधिकार स्पष्टैसँग व्याख्या गरे पनि अधिकार बढाउने गरी नेकपामा छलफल थालिएको छ । देशमा अप्ठ्यारो आइलाग्यो भने राष्ट्रपतिको पनि अधिकार थप्नुपर्छ भन्ने पक्षमा नेकपा नेताहरू देखिएका हुन् ।

कान्तिपुरले स्रोतको हवाला दिँदै लेखेको समाचार अनुसार, राष्ट्रपतिको अधिकार थप्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बढी चासो देखाएका छन् । निकट भविष्यमै मिर्गौला प्रत्यारोपण गरिँदा सत्ता नेतृत्वमा लामो समय रिक्तता नहोस् भन्ने मनसायबाट यो कुरा ल्याइएको हुनसक्ने अनुमान गरिएको छ ।

राष्ट्रियसभामा जाने र संविधान संशोधन गरेर प्रधानमन्त्री बन्ने मक्सद पालेपछि वामदेवमाथि फेरि व्याक फायर भएको नयाँ पत्रिकाले लेखेको छ । समाचार अनुसार  प्रतिपक्षी दल र जनमानसमा मात्र होइन, नेकपाकै नेताहरू उनकाे  सार्वजनिक विरोधमा उत्रिएका छन् ।

‘गौतमको तागत’ शीर्षकमा अन्नपूर्णले पनि वामदेवबारे नै मुख्य समाचार बनाएको छ । समाचारमा वामदेव नेकपामा शक्तिशाली बन्नुको कारणबारे चर्चा गरिएको छ । अन्नपूर्णका अनुसार, केपी ओली, प्रचण्ड र माधव नेपालले गुट सवल पार्न वामदेवलाई तानातान गर्नु उनी शक्तिशाली बन्नुको मुख्य कारण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?