Comments Add Comment

एक्सनले भरिएको अक्षयको ‘सुर्यवंशी’ ट्रेलर

बलिउडको प्रतिक्षित चलचित्र ‘सुर्यवंशी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरलाई निकै मसलेदार बनाइएको छ । ४ मिनेट लामो ट्रेलरमा एक्सन, कमेडी तथा पारिवारिक पीडाको कुरालाई पनि स्थान दिइएको छ ।

ट्रेलरको मुख्य आकर्षण नायक अक्षय कुमार रहेका छन् भने अजय देवगण र रणवीर सिंहलाई पनि ट्रेलरमा स्थान दिइएको छ । चलचित्रकी नायिका कट्रिना कैफलाई पनि ट्रेलरमा देखाइएको छ ।

रोहित सेट्टीको निर्देशनमा तयार भएको यो चलचित्रले मुम्बईमा भएको आतकंवादी हमला र एक प्रहरी अफिसरको ड्युटीलाई प्रस्तुत गरेको छ । ‘रिलायन्स इन्टरटेन्टमेन्ट’, ‘रोहित सेट्टी पिक्चर्स’ले निर्माण गरेको चलचित्रमा ‘धर्मा प्रोडक्सन’ र ‘क्याप अफ गुड फिल्मस्’ले पनि निर्माणमा सहकार्य गरेका छन् । चलचित्रले मार्च २४ लाई रिलिज मिति पक्का गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment