+
+

नक्कली प्रमाणपत्रको आरोपमा शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १९ गते १९:१५

१९ फागुन, काठमाडौं । शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा म्याग्दीको रघुगंगा -१ तिप्ल्याङस्थित श्री कालिका माविका एक शिक्षिकाविरुद्ध विशेष अदालत काठमाडौं मुद्दा दायर भएको छ ।

प्रावि तहमा कार्यरत शिक्षिका दुतकुमारी गर्बुजाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार मुद्दा दायर गरेको हो ।

अनुसन्धानको क्रममा गर्बुजाले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश भारतबाट हाइस्कुल परीक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षण पेशामा प्रवेश गरेको पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?