
२१ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउन बाँकी रहेका सबै काम ६ महिनाभित्र सक्न निर्देशन दिएका छन् । त्रिभुवन विमानस्थलमा सरोकारवालाहरुलाई उनले विविध क्षेत्रहरुको मिति नै तोकेर काम समयमै सक्न कडा निर्देशन दिएका हुन् ।
मन्त्रालयका सचिव केदारबाबु अधिकारी, सहसचिव रुद्रसिंह तामाङ, सहसचिव बुद्धिसागर लामिछाने, नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलसहितको उपस्थितिमा, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसी, आयोजनाका प्रमुख मुरारी भण्डारी लगायतसँग छलफल गर्दै मन्त्री भट्टराईले बैशाख १३ गतेभित्र पार्किङ वे, चैत २१ गतेभित्र निर्माणधीन नयाँ आवागमन कक्ष, चैत १ गतेभित्र निर्माणधीन नयाँ प्रस्थान कक्षको काम सक्न निर्देशन दिएका हुन् ।
त्यस्तै, एसियाली विकास बैंकसँगको सहकार्यमा निर्माण गर्न लागिएको आईसीपीको सबै काम ३ वर्षभित्र, प्यारालाल टयाक्सी-वे को निर्माणका लागि आगामी तीन महिनाभित्र, कनभेयर बेल्टको निर्माण कार्य आगामी जेठ महिनाभित्र सक्ने उनले समय सिमा तोकेका छन् ।
प्रतिक्रिया 4