
२९ फागुन, काठमाडौं । कम्पनी रजिस्टारको कार्यालय त्रिपुरेश्वरका नायव सुब्बा डोरप्रसाद पन्थी ५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई कार्यालयबाटै नियनत्रणमा लिएको हो ।
अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि अख्तियारवाला ब्यक्तिहरुबाट काम सहज गरिदिएवापत घुस मागेको सूच्नाको आधारमा पुगेको टोलीले पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाई कम्पनी रजिस्टारको कार्यालय परिसरबाटै बुधबार पक्राउ गरेको हो ।
उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4