+
+

न्युयोर्क सहरका विद्यालय र रेस्टुरेन्ट बन्द

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ३ गते १२:०२

३ चैत, काठमाडौं । कोरोनाको त्रास बढेपछि अमेरिकाको न्युयोर्क सहरका विद्यालय, रेस्टुरेन्ट तथा थिएटरहरू बन्द गराइएका छन् ।

संक्रमण न्यूनीकरणका लागि विभिन्न उपाय अवलम्बन भइरहेका बेला न्युयोर्कका शैक्षिक संस्था, रेस्टुरेन्ट बन्द गरिएको हो ।

न्युयोर्क सहरका मेयर बिल डे ब्लासियोले असाधारण परिस्थिति उत्पन्न भएकाले त्यसको सामना गर्न यस्तो निर्णय गरेको जनाएका छन् । उनले यसलाई युद्धजस्तै ठानेर प्रतिरोधमा उत्रिएको पनि बताएका छन् ।

न्ययोर्क सहर घना आवादी भएको सहरमध्ये एक हो । यहाँ झण्डै ८ मिलियन जनसंख्या रहेको अनुमान छ । जहाँ कोरोनाका कारण ५ जनाको मृत्यु भइसकेको छ ।

चीन उदगम भएर फैलिएको कोरोनाले पछिल्लो समय अमेरिका पनि फैलँदो क्रममा छ । बीबीसीका अनुसार यहाँका ६९ मानिसको ज्यान गइसकेको छ भने ३ हजार ७ सय ७४ मानिसमा यसको लक्षण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?