
३ चैत, बुटवल । उपचाररत एक महिलाको मृत्युपछि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा तनाव उत्पन्न भएको छ ।
नवलपरासी बर्दघाट नगरपालिका–२ बाट दाँतको उपचारका लागि आएकी यमकुमारी पुनको अस्पतालले लापरबाही गरेकै कारण मृत्यु भएको भन्दै उनका आफन्तजनले चिकित्सकमाथि समेत हातपात प्रयास गरेका छन् ।
अस्पतालमा प्रहरी र बिरामीका आफन्तबीच धकेलाधकेल भएको छ । मृतकका देवर धर्मबहादुर पुनले दातको उपचार गर्दा भाउजुले अकालमै ज्यान गएको बताए । अस्पतालमा विवाद भएपछि बाक्लो संख्यामा परिचालित प्रहरीले उनीहरुलाई अस्पताल गेटबाहिर पुर्याएको छ ।
अहिले जिल्ला प्रहरी कार्यालयबाट ७० जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा डीएसपी खड्कबहादुर खत्रीले अनलाइनखबरलाई बताए ।
अस्पताल व्यवस्थापक कमल ढकालले आक्रमणबाट चिकित्सकसहित २० जनाभन्दा बढी घाइते भएको बताएको छ । मृतकको शव परिवारजनले बुझिसकेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया 4