+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

ट्विटरमा जोडिए ज्याक मा, अमेरिकालाई १० लाख मास्क दान

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ४ गते १२:२१

चिनियाँ कम्पनी अलिबाबाका संस्थापक तथा एसियाका सर्वाधिक धनी व्यक्ति ज्याक माले ट्विटरमा खाता खोलेका छन् ।

सोमबार ट्विटर खाता खोलेर पहिलो ट्विट गरेका उनले १० लाख मास्क र ५ लाख कोरोना भाइरस परीक्षण किट अमेरिकातर्फ पठाएको जानकारी दिएका छन् ।

उनले आफ्नो ट्विटमा लेखेका छन्, ‘मास्क र कोरोना भाइरसको परीक्षण किटको पहिलो खेप सांघाइबाट अमेरिकाका लागि पठाइएको छ । अमेरिकामा रहेका साथीहरूलाई शुभकामना ।’

सोमबार ट्विटरमा खाता खोल्नेबित्तिकै उनलाई केही समयभित्रै झण्डै ९० हजारले फलो गरेका थिए । आफ्नो खाताबाट गरेको उक्त ट्विटलाई पछि उनले ज्याक मा फाउन्डेसनबाट रिट्विट गर्दै कठीन समयमा अमेरिकीहरूसँग हातेमालो गरेको बताएका थिए ।

चीनको अनुभवका आधारमा कोरोना भाइरस फैलावटको प्रभावकारी रोकथामका लागि तीव्र तथा सही परीक्षणका साथै स्वास्थ्यकर्मीहरूका लागि पर्याप्त व्यक्तिगत सुरक्षा साधनको आवश्यकता पर्ने भन्दै उनले आफूहरूले दान गरेको मास्क तथा परीक्षण किटले अमेरिकालाई महामारीविरुद्ध लड्न सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

स्मरणरहोस् कोरोना भाइरसको भ्याक्सिनको अनुसन्धान तथा विकासका लागि १० करोड युआन सहयोग गर्ने घोषणा ज्याक मा फाउन्डेसनले गत जनवरीमै गरेको थियो ।

वैज्ञानिकहरू खोपको अनुसन्धानका लागि दिनरात खटिरहेको भन्दै ज्याक माले खोपको अनुसन्धान र ठूलो स्केलको उत्पादन तथा प्रयोगमा ल्याउने कुरा सजिलो नभएको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?