+

युभेन्ट्सका ब्लेइस मटुइडीलाई पनि कोरोना संक्रमण

२०७६ चैत  ५ गते ८:०८ २०७६ चैत ५ गते ८:०८
युभेन्ट्सका ब्लेइस मटुइडीलाई पनि कोरोना संक्रमण

काठमाडौं । इटालियन क्लब युभेन्ट्सका मिडफिल्डर ब्लेस माटुइडीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

विश्वभर फैलिरहेको कोरोनाको संक्रमण देखिएका उनी युभेन्ट्सका दोस्रो खेलाडी हुन् । यसअघि युभेन्ट्सका ड्यानिए रुगानीलाई पनि कोरोना संक्रमण भएको थियो ।

इटालियन क्लब युभेन्ट्सले मटुइडीलाई कोरोना भाइरस पोजिटिभ देखिएको जनाएको छ । ३२ वर्षीय मटुइडी मार्च ११ देखि आइसोलेसनमा रहेको युभेन्ट्सले जनाएको छ ।

चीनको वुहानबाट गत डिसेम्बरको अन्तिम साताबाट सुरु भएको कोरोना अहिले विश्भर फैलिएको छ । यसमा पनि युरोपका देशहरू यसबाट सबैभन्दा धेरै प्रभावित छन् । इटलीमा अप्रिल ३ सम्मका लागि सम्पूर्ण खेलकुद गतिविधिहरु पनि रोकिएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय