+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

टेकु अस्पताल भर्ना भएका तीन जनामा कोरोना संक्रमण देखिएन

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ५ गते १२:२३

काठमाडौं । कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल भर्ना भएका तीन जनामा संक्रमण नभएको पाइएको छ । दुई जनाको भने रिपोर्ट आउन बाँकी छ ।

विदेशबाट आएका उनीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको हेल्थ डेस्कले अस्पताल पठाएको छ । तीन जना सोमबार र दुई जना मंगलबार साँझ अस्पताल भर्ना भएका थिए ।

उनीहरु मध्ये चार जनालाई आइसोलेटेड बेडमा राखिएको थियो भने एक जनामा निमोनियाँ पनि देखिएकाले आईसीयूमा भर्ना गरिएको थियो । तीन जनाको रिपोर्ट नेगेटिभ आएको र उनीहरुलाई डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले बताए । दुई जनाको भने रिपोर्ट आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?