Comments Add Comment

बालबालिकासँग आँचलले मनाइन् जन्मदिन

नायिका आँचल शर्मा आजबाट २३ बर्ष पुरा भएर २४ बर्षमा प्रवेश गरेकी छिन् । उनै, आँचलले गोकर्णमा रहेको एक बाल गृहमा पुगेर जन्मदिन मनाएकी छिन् । ‘संयुक्त अपाङ्ग एकता आवाज केन्द्र’का बालबालिकासँग आँचलले जन्मदिन सेलिव्रेशन गरेकी हुन् । गतबर्ष पनि उनी यही केन्द्रमा जन्मदिन मनाउन पुगेकी थिइन् ।

यो केन्द्रमा ४८ जना बालबालिका रहेका छन् । नायिका शर्माले बालबालिकाहरुलाई खानेकुरा वितरण गरेकी थिइन् । यस्तै, उनी बालबालिकाहरुका लागि चामल, दाल, तरकारी लगायतका खाद्यान्न लिएर केन्द्रमा पुगेकी थिइन् ।

यस्तै, आँचलले यो केन्द्रलाई १ लाख १० हजार रकम समेत सहयोग गर्ने बताएकी छिन् । अन्य, समाजसेवाका कामहरु विस्तारै अगाडि बढाउने योजना उनको छ ।

नायिका शर्मा बालबालिकासँग जन्मदिन मनाउन आफ्ना पति उदिप श्रेष्ठ र बाबु–आमासँग पुगेकी थिइन् । उनले भनिन्–‘म गतबर्षदेखि यो केन्द्रमा आउन थालेकी हुँ । मेरो यहाँका बालबालिकासँग विशेष कनेक्शन छ । यो मैले कुनै प्रचारका लागि गरेकी होइनँ । आफ्नो विशेष दिनलाई विशेष बनाउने विभिन्न तरिका हुन्छन् । मैले भने बालबालिकासँग जन्मदिन मनाउने गरेकी छु ।’

यस्तै, उदिपको परिवार पनि आँचल जस्तो समाजसेवी बुहारी पाएको भन्दै खुशी देखिएका थिए । आँचलले आफूलाई जन्मदिनको शुभकामना उदिपले नै पहिलो पटक दिएको जानकारी दिइन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment