
९ चैत, काठमाडौं । कोरोनाको जोखिम बढ्दै गइरहेका बेला सरकारी कर्मचारीहरुले बिदा पाउने कि नपाउने भन्ने अन्योल कर्मचारीहरुमा बढेको थियो ।
तर, आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारी तथा सार्वजनिक संस्थानका कर्मचारीहरुले विदा नलिई नियमित काम गर्नुपर्ने स्पष्ट पारेको छ ।
मन्त्रिपरिषदका निर्णयहरुको जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका सूचना प्रविधि एवं अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी कर्मचारीहरु नियमित काममा खटिने बताए ।
मन्त्री खतिवडाले भने, केही अन्यौल थिए, तर सरकारी कर्मचारीले नियमित काम गर्नुपर्ने स्पष्ट पारिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4