+
+

वीरगञ्ज नाकाबाट प्रवेश रोक्न हम्मेहम्मे

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १० गते ११:४४

१० भदौ, काठमाडौं । सरकारले आज सोमबार १० बजेबाट नेपाल प्रवेश अन्तर्राष्ट्रिय नाकामा यात्रु आवागमन रोकेको छ । तर वीरगञ्जको नाका बन्द गर्न कठिनाइ भएको छ ।

नेपालबाट भारत जाने र भारतबाट नेपाल तर्फ आउने मानिसहरु नाकामा छन् ।

कतिपय मानिस अत्यावश्यक काम भन्दै आउ-जाउ गरिरहेका छन् । सोमबार बिहान ५ बजेदेखि साढे ११ बजेसम्मको अवधिमा ७६२ जनालाई भारतबाट नेपाल प्रवेश दिइएको छ ।

नेपाल–भारत आउ-जाउ गर्न चाहनेहरुको वीरगञ्ज नाकामा भिड छ । मानिसहरु लाइनमा बसेर नेपाल प्रवेश गर्ने पर्खाइमा छन् ।

अघिल्लो दिनको तुलनामा भने वीरगञ्ज नाकाबाट आउ–जाउ निकै कम भएको छ । सुरक्षाकर्मीहरुले आँखाको अपरेसन गर्न भनेर रक्सौलबाट वीरगञ्ज आउन लागेका सुरेश प्रसाद र आफूलाई भन्सारका एजेन्ट बताउने सुनील कुमार कुशवाहलाई भने रोकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?