+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चिनियाँ विशेषज्ञको चेतावनी : कोरोना भाइरसले युरोपलाई दुई वर्ष सताउन सक्छ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १० गते ११:५८

१० चैत, काठमाडौं । कोरोना भाइरसको कहरबाट विस्तारै मुक्त हुँदै गएको चीनका एक विशेषज्ञले यो भाइरस तथा यसबाट उत्पन्न नयाँ रोग कोभिड १९ ले युरोपलाई दुई वर्षसम्म सताउन सक्ने विश्लेषण गरेका छन् ।

चीनले स्थितिलाई नियन्त्रणमा लिँनै लाग्दा इटाली, स्पेन र जर्मनी लगायतका युरोपेली देशहरूमा कोभिडबाट मुत्यु हुनेहरूको संख्या तीव्ररूपमा बढ्दै गएको सन्दर्भमा झाङ वेनङको भनाइ बाहिर आएको हो ।

उनकाअनुसार युरोपले हालको प्रकोप छिट्टै अन्त्य हुन्छ भनेर सोच्नुभन्दा पनि यसविरुद्ध अझ सशक्त लडाइँ कसरी गर्ने भन्ने विषयमा ध्यान दिनुपर्छ ।

सांघाइस्थित कोभिड १९ चिकित्सकीय विशेषज्ञ टोलीका सदस्य झाङले हालै जर्मन विद्यार्थीहरूलाई एक भिडियो कन्फरेन्समार्फत् भनेका छन्, ‘यदि सम्पूर्ण विश्वको गति चार हप्तासम्म रोक्न सकिएमा पनि यो महामारीलाई रोक्न सकिएला । तर, विश्वमा मात्र होइन, युरोप वा जर्मनीमा मात्र यो पूर्णतः सम्भव हुन्छजस्तो मलाई लाग्छ ।’

अन्यथा, भाइरसको आवागमन जारी रहेमा यसको प्रभाव एकदेखि दुई वर्षसम्म रहनु सामान्य नै हो ।’

यद्यपि संसारका विभिन्न देशका सरकारहरूले पछिल्लो समय चालेका कदमहरूप्रति खुसी व्यक्त गर्दै उनले भनेका छन्, ‘सबै देशका रणनीतिहरू अझ बलियो हुँदै जाँदा महामारीको प्रभावकारी नियन्त्रण समयमै हुन पनि सक्छ ।’

स्रोत- साउथ चाइना मर्निङ पोस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?