Comments Add Comment

गुल्मी जिल्ला पनि ‘लक डाउन’

१० चैत, गुल्मी । विश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण सतर्कता अपनाउन गुल्मी जिल्लालाई सोमबार रातिदेखि लकडाउन गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले एक सार्वजनिक सूचना जारी गर्दै मालबाहक गाडी (इन्धन, दाल, चामल, तेल, नुन,  दूध, तरकारी तथा फलफूल बोक्ने गाडी)बाहेक अन्य निजी सार्वजनिक, भाडाका सवारीसाधन र मोटरसाइकल पनि रातिदेखि अर्को सूचना नभएसम्मका लागि पूर्णरुपमा आवत-जावतमा प्रतिबन्ध लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माद्वारा जारी सूचनामा मालबाहक गाडीमा चालक र सहचालकमात्रै बस्न पाउने उल्लेख गरिएको छ । चालक र सहयोगीलाई चेकजाँच गरी आवश्यक परेमा क्वारेन्टाइनमा राख्ने जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार अस्पताल, औषधि पसल र पेट्रोलपम्प २४ सै घण्टा खुला रहनेछन् । खाद्यान्न, ग्यास, तेल, फलफूल पसल प्रत्येक ५ बजेदेखि ७ बजेसम्म मात्रै खुला हुनेछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment