+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

इसेवा र मिडास एजुकेशनको सहयोगमा विद्यार्थीले घरबाटै निःशूल्क पढ्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १० गते १७:५९

१० चैत, काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवा र मिडास एजुकेशनको सहकार्यमा विद्यार्थीहरूलाई निशुल्क घरमै अध्ययन गर्न सकिने सेवा व्यवस्था मिलाइएको छ।

विश्वव्यापी महामारी निम्त्याएको कोरोना भाइरसका कारण सबै स्कुलहरू बन्द रहेको अवस्थामा विद्यार्थीहरूले घरमै बसेर निःशूल्क श्रव्य दृष्य मार्फत अध्ययन गर्नसक्ने भएका हुन्।

अध्ययनका लागी विद्यार्थीहरूले मिडास एजुकेशनको मोबाईल एप्स डाउनलोड गर्नुपर्छ। एप्लीकेशनमा अर्डरमा क्लिक गरेपछि मागिएको कोडमा इसेवा राखेर चाहेको विषय अध्ययन गर्न पाइने बताइएको छ। नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीले आफुले चाहेको विषय अध्ययन गर्न सक्नेछन्।

मिडासले विगत एक दशकदेखि नर्सरी देखि १० कक्षासम्मका पाठ्यक्रममा आधारित श्रव्य दृष्य सामाग्री मार्फत अध्यापन गराउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?