+
+

हिँडडुल नियन्त्रणमा मात्र भर पर्न हुन्न : डब्लूएचओ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ११ गते १०:५२

११ चैत, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथामका लागि मानिसहरुको हिँडडुल नियन्त्रणमा मात्र भर पर्न नहुने बताएको छ ।

डब्लूएचओका अनुसार कोरोनाको संक्रमण विश्वभर तीव्र रुपमा फैलिएको छ । कोरोनाको पहिलो संक्रमण देखिएको ६७ दिनमा एक लाख मानिसमा संक्रमण पाइएको थियो । अर्को ११ दिनमा दुई लाख पुग्यो भने त्यसको मात्र चार दिनमा संक्रमितको संख्या तीन लाख पुगेको छ ।

संगठनका महासचिव टेड्रोस एड्हानोम गेहब्रेयससले संक्रमण भएका व्यक्तिहरुको परीक्षण र संक्रमित व्यक्तिको सम्पर्कमा भएका अन्य व्यक्तिलाई अलग्याउनु नै कोरोना भाइरसविरुद्धको लडाइँमा महत्वपूर्ण हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?