+

मेडिकल सामान राख्न रियल मड्रिडले आफ्नो रंगशाला दिने

२०७६ चैत  १४ गते १३:०० २०७६ चैत १४ गते १३:००
मेडिकल सामान राख्न रियल मड्रिडले आफ्नो रंगशाला दिने

काठमाडौं । स्पानिस क्लब रियल मड्रिडले कोरोना भाइरस विरुद्ध लड्न मेडिकल सामान राख्नका लागि आफ्नो रगशालमा रंगशाला दिने भएको छ ।

अहिले विश्वभर कोरोना भाइरस महामारीको रुपमा फैलिएको छ । त्यसबाट स्पेन पनि धेरै प्रभावित देशमा पर्छ । त्यही कोरोना विरुद्ध उपचारका लागि प्राप्त मेडिकल सामान राख्न रियलले सान्टियागो बर्नाबेउ प्रयोगका लागि दिने जनाएको छ ।

‘महामारीको विरुद्वको लडाइँमा सान्टियागो वर्नाबेउ ठूलो मेडिल सप्लाई सेन्टरको रुपमा परिणत भएको छ । क्लबले विज्ञप्ती मार्फत आफ्नो आधिकारिक वेवसाईटमा भनेको छ ।

रियल मड्रिड र हाइ काउन्सिल फर स्पोर्ट्ससँगको सहकार्यमा सहयोग प्राप्त हुने क्लबले जनाएको छ । स्पानी ला लिगा अहिले स्थगित रहेको अवस्थामा रियलले आफ्नो मैदान सकरात्मक कामका लागि प्रयोग गर्न दिन लागेको हो ।

मेडिकल सामाग्री खरिद गर्न रियल मड्रिड फाउण्डेसनमार्फत डोनेसन गर्न सकिने क्लबले जनाएको छ ।

कोरोनाको संक्रमणबाट स्पेनमा ३ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । युरोपकै अर्को राष्ट्र इटली कोरोनाबाट धेरै प्रभावित हुने देशमा अगाडि रहेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३
3 Stories
तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:३२
5 Stories
गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:२४
6 Stories
मकैको च्याख्ला उत्तम कि चामल ?

मकैको च्याख्ला उत्तम कि चामल ?

- अनलाइनखबर २०८१ असोज १० गते १४:४१