Comments Add Comment

आयल निगमको विराटनगर डिपोले आइतबार र शुक्रबार इन्धन बेच्ने

२१ चैत, विराटनगर । नेपाल आयल निगमको प्रदेश एक डिपोको लकडाउन अवधिमा पनि साताको दुई दिन पेट्रोलियम पदार्थ बिक्री गर्ने भएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै निगमको प्रादेशिक डिपो विराटनगरले आइतबार र शुक्रबार पेट्रोलियम पदार्थ बिक्री गर्ने जनाएको हो ।

लकडाउनको अवधिमा सञ्चालन हुने यातायातका साधनहरुलाई पेट्रोलियम पदार्थको अभाव नहोस् भन्नका लागि यस्तो व्यवस्था गरिएको डिपोले जनाएको छ ।

मौज्दात पर्याप्त रहेकाले पूर्वी नेपालमा आगामी अढाइ महिनासम्म इन्धन अभाव नहुने विराटनगरस्थित आयल निगम कार्यालयले जनाएको छ ।

निगमको प्रादेशिक कार्यालयका सहायक प्रबन्धक पर्शुराम अधिकारीका अनुसार, विराटनगर डिपोमा ८५ प्रतिशत पेट्रोलियम पदार्थ भण्डारण छ । विराटनगरस्थित आयल निगमको प्रादेशिक कार्यालयले साविकको कोशी अञ्चलका १० जिल्लासहित प्रदेश २ का सिराहा र सप्तरीमा समेत इन्धन वितरण गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment