
२१ चैत, काठमाडौं । अस्पतालहरुबाट प्रदान गरिने कोरोना भाइरस (कोभिड–१९) तथा अन्य उपचार सेवामा बाधा पुग्ने गतिविधि नगर्न चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य मन्त्रालयले सचेत गराएको छ ।
स्वास्थ्य सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा बिहीबार बसेको बैठकले सबै स्वास्थ्यकर्मीलाई उपचार सेवालाई सहज रुपमा अघि बढाउन स्वास्थ्यकर्मीहरुलाई आग्रह समेत गरेको छ ।
मन्त्रालयले कोभिड-१९ तथा अन्य स्वास्थ्य सेवामा बाधा पुग्नेगरी गतिविधिमा लागेको पाइए भविष्यमा सरकारी सेवामा नियुक्ति हुन अयोग्य हुने तथा उनीहरुको पेशागत लाइसेन्ससमेत खारेज हुने स्पष्ट पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4