+
+

सेनाले बन्द गरायो विराटनगरको गुद्री बजार

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २१ गते २३:२४
विराटनगरको गुद्रीबजार । फाइल फोटो

२१ चैत, विराटनगर । नेपाली सेनाले मोरङको विराटनगर महानगरपालिका ९ स्थित गुद्रीबजार बन्द गराएको छ । साँझपख तरकारी किनमेल गर्नेहरुको भिड बढेपछि सेनाले शुक्रबार गुद्रीबजार बन्द गराएको हो ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भिडभाडमा कोरोना संक्रमणको जोखिम हुन सक्ने भएकाले भिड हटाउन सेना गएको पुष्टि गरे । उनले भने, ‘आज साँझ साढे ६ बजेतिर सेना गएर बजारमा भिडभाड नगर्न र घर गएर बस्न आग्रह गरेको हो ।’

लकडाउनको बेला कसैलाई पनि बाहिर ननिस्किन सरकारले निर्देशन दिए पनि गुद्रीबजार क्षेत्रमा साँझपख दैनिकजसो मानिसहरुको भिड लाग्ने गर्दथ्यो । हतियारसहितका सेनाले बजार बन्द गराउँदै मानिसहरुलाई हटाउन थालेपछि केहीबेर स्थानीयबासी त्रसित भएका थिए । यद्यपि सेनाले संक्रमणको जोखिमबारे जानकारी दिँदै सम्झाइ बुझाइ गरेर मानिसहरुलाई घर पठाएको थियो ।

यसअघि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्रहरीलाई अटेर गर्ने क्रम बढेको भन्दै लकडाउन उल्लंघनकर्ताविरुद्ध स्थानीय प्रशासन कडा रुपमा प्रस्तुत हुनुपर्ने बताउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?