+
+

पाकिस्तानलाई पनि टाउको दुखाइ बन्यो ‘ताबलिगी जमात’

एक लाख सहभागीमध्ये १५४ मा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २३ गते १३:१०

२३ चैत, काठमाडौं । पाकिस्तानमा धार्मिक सभाबाट तीव्र गतिमा कोरोना भाइरस फैलिने आशंका बढेको छ ।

पाकिस्तानको लाहोरमा मार्च १० देखि १२ सम्म ताबलिगी जमातको भेला भएको थियो । भेलामा एक लाख मानिसहरु सहभागी भएको पाइएको अधिकारीहरुले बताएका छन् ।

साउथ चाइना मर्निङ पोष्टकाअनुसार पाकिस्तान सरकारले कोरोना भाइरस फैलिन सक्ने भन्दै भेला रद्द गर्न आयोजकलाई आग्रह गरेको थियो तर, आयोजकले रद्द गरेनन् ।

अहिले त्यही धार्मिक भेला पाकिस्तानका लागि टाउको दुखाइको विषय बन्न पुगेको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार गत महिनामा भएको ताबलिगी जमातमा सहभागी १५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ र उनीहरुमध्ये अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ ।

साथै भेलामा सहभागी भएका एक हजार पाँच सय विदेशीसहित दुई हजार पाँच सय सहभागी भेला भएको क्षेत्रमा यथावत छन् । उनीहरुलाई क्वार्टर वा मस्जिदमा क्वारेन्टाइनमा राखिएको छ । आयोजकले दिएको जानकारी अनुसार पाकिस्तानको पञ्जाव प्रान्तका करिब सात हजार मानिसलाई क्वारेन्टाइनमा राखिएको छ ।

भेलामा सहभागी भएका धेरै विदेशी भाइरसको परीक्षणविना नै मुलुक छाडेर हिँडेका छन् । यस्तै धार्मिक भेला मलेसिया र भारतमा पनि भएको थियो । दुवै मुलुकमा भेलाको कारण कोरोना भाइरसको महामारी फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?