Comments Add Comment

आफ्नै बाबुलाई भाला प्रहार गर्ने युवक पक्राउ

२७ चैत, धनकुटा । आफ्नै बुबा ५० वर्षीय गोपाल लिम्बुलाई धारिलो हतियार भाला प्रहार गरी घाइते बनाइएको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले धनकुटाको चौबिसे गाउँपालिका-७ पोस्तके बस्ने विनोद लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनले घरायसी विवादमा भालाले ढाडमा प्रहार गरी बुबा गोपाललाई गम्भीर घाइते बताएका थिए । खबर पाउनासाथ पुगेको प्रहरी बिट मौनाबुधुकको टोलीले विनोदलाई पक्राउ गरेको हो ।

भाला प्रहारबाट घाइते भएका गोपाललाई स्थानीय स्वास्थ्य चौकी मौनाबुधुक हुँदै थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment