+
+

रातो मच्छिन्द्रनाथलाई स्नान गराइयो, रथ उठाउने विषयमा अलमल

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७६ चैत २७ गते १९:१४

२७ चैत, काठमाडौं । रातो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ । बैशाख कृष्ण पक्षको प्रतिपदाको दिन बिहीबार मच्छिन्द्रनाथलाई स्नान गराएर औपचारिक रुपमा जात्राको सुरुवात गरिएको ललितपुरका स्थानीय रक्षण राजोपाध्यायले जानकारी दिए ।

तर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन कारण सरकारले सामाजिक दुरी कायम राख्न यस्ता कार्यक्रम नगर्नू भनेकाले रथ उठाउने वा नउठाउने भन्ने विषयमा गुठी संस्थान र आयोजक समिति अन्योलमा छ ।

रथयात्राका लागि रातो मच्छिन्द्रनाथको भने स्नान गराइएको गुठी संस्थानका प्रतिनिधि दीपक खवासले जानकारी दिए । बिहीबार रातो मच्छिन्द्रनाथलाई स्नान गराएपछि विधिअनुसार शुक्रबारदेखि रथ बनाउने काम सुरु गर्नुपर्ने हुन्छ ।

लिच्छवीकालदेखि निरन्तर चल्दै आएको रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ । बैशाख कृष्ण पक्षको प्रतिपदादेखि सुरु भएको जात्रा वैशाख शुक्ल पक्षको प्रतिपदाको दिन रथयात्रा गर्ने चलन छ ।

हेर्नुहोस्  तस्वीरहरु

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?