+
+

दक्षिण एसियामा कोरोनाबाट ३३६ को मृत्यु, १२ हजारभन्दा बढी संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २८ गते ११:४७

२८ चैत, काठमाडौं । दक्षिण एसियामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ३ सय ३६ पुगेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार दक्षिण एसियामा यो भाइरसबाट भारतमा सबैभन्दा धेरैको मृत्यु भएको छ । अहिलेसम्म भारतमा यो भाइरसबाट मृत्यु हुनेको संख्या दुई सय २७ पुगेको छ । त्यस्तै पाकिस्तानमा अहिलेसम्म ६६ जना मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ । अन्य दक्षिण एसियाली मुलुक बंगलादेशमा २१, अफगानिस्तानमा १५ र श्रीलंकामा सात जनाको यो भाइरसबाट मृत्यु भएको छ । माल्दिभ्स, नेपाल र भुटानमा भने यो भाइरसबाट कसैले पनि मृत्यु भएको छैन ।

दक्षिण एसियामा संक्रमित हुनेको संख्या पनि १२ हजार नाघिसकेको छ । सबैभन्दा बढी प्रभावित मुलुक भारतमा यो भाइरसका संक्रमितको संख्या छ हजार सात सय २५ पुगिसकेको छ । त्यस्तै पाकिस्तानमा संक्रमित चार हजार छ सय पुगेका छन् । अन्य मुलुकहरुमा अफगानिस्तानमा चार सय ८४, बंगलादेशमा तीन सय ३०, श्रीलंकामा एक सय ९०, माल्दिभ्समा १९, नेपालमा नौ र भुटानमा पाँच जनामा यो भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?