Comments Add Comment

न्युयोर्कमा रहेका नेपालीलाई नेपाली स्वयंसेवकको सहयोग

२ वैशाख, न्युयोर्क । अमेरिकाको न्युयोर्क कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्य हो । न्युयोर्क शहरकै क्विन्सकाउन्टी सबैभन्दा बढी प्रभावित छ । अनौपचारिक जानकारीअनुसार यहाँ लगभग २० हजारभन्दा बढी नेपालीहरु बस्छन् ।

अहिले ती नेपालीहरु त्रासमा छन् । कति नेपालीहरु घरबाट बाहिर निस्किनै डराइरहेको अवस्था छ । यस्तोबेला एक फेसबुक ग्रुप सतहमा आएको छ, जसले घरबाट बाहिर निस्कन नसकेका नेपालीहरुलाई घरमै खाद्यान्न, औषधि र मास्कहरु पुर्‍याइरहेका छन् ।

करिब २५ जना स्वंयसेवक रहेको यो समुह हरेक दिन खटिरहेको छ ।

स्वयसेवक समुहका एक सदस्य रामहरि अधिकारीसँग हामीले पूरै एक दिन बितायौं । ६ महिने छोराका पिता अघिकारी यतिखेर हरेक दिनजसो स्वयंसेवामा व्यस्त छन् ।Urgent Nepali Aid Network for Covid19 नामक फेसबुक ग्रपमा उनीरुलाई फोन आउने गर्छ र ती व्यक्तिहरुलाई चाहिने अत्यावश्यक सामाग्रीहरु जस्तै औषधि र खाद्यान्न यी स्वयंसेवकले घरघरमै पुर्‍याइरहेका छन् ।

‘एक महिनाभन्दा बढी भयो, यसमा लागेको,’ उनले भने, ‘खुशी यस मानेमा छु कि यो कामले धेरैको अनुहारमा मुस्कान ल्याउन सफल भएको छ ।’

लगभग २ हजार सदस्य संख्या भएको यो फेसबुक ग्रुपको काम देखेर यहाँ रहेका धेरै नेपालीहरुले प्रशंसा गरिरहेका छन् ।

‘हामीलाई अहिले अरु संस्थाहरुले पनि सहयोग गरिरहनुभएको छ, त्यही भएर हामीलाई काम गर्न हौसला मिलेको छ,’ अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment