+
+

लकडाउन उल्लंघन गर्दै नयाँ वर्ष मनाउने प्रहरी फन्दामा

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २ गते १२:५३

२ वैशाख, गुल्मी । लकडाउन उल्लंघन गरी नयाँ वर्ष मनाउनेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नयाँ वर्षका दिन गुल्मीको रेसुङ्गा नगरपालिकाको दारेढुङ्गास्थित पिकनिक पार्क पुगेकाहरूलाई सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकाहरूलाई सचेतना कक्षा लिएर छाडिएको सशस्त्र प्रहरी बल गुल्म गुल्मीका प्रहरी नायव उपरीक्षक विनोदराज खनालले बताए ।

कोरोना भाइरस (कोविड–१९) को संक्रमणविरुद्ध लड्न जिल्ला प्रशासन कार्यालय, गुल्मीले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा उल्लंघन गर्नेलाई संक्रमण रोग ऐन, २०२० अनुसार एक महिनादेखि ६ महिना कैद हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?