+
+

कोरोना कोषलाई कैदीबन्दीको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३ गते १३:०८

३ बैशाख, डोटी । जिल्ला कारागार, डोटीका कैदीबन्दीहरूले सरकारले स्थापना गरेको कोरोना सहयोग कोषलाई सहयोग गरेका छन् ।

कारागारमा रहेका तीन महिलासहित ४९ कैदीबन्दीहरूले कोरोनाविरुद्धको लडाइँमा ऐक्यवद्धता जनाउँदै कोरोना कोषमा १० हजार ९५ रुपैयाँ प्रदान गरेका हुन् ।

बुधबार उनीहरूले उक्त सहयोग रकम डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललाई हस्तान्तरण गरे ।

कैदीबन्दीहरूले एक दिनको सिदा बराबर पाउने रकम सहयोग गरेको कारागारका चौकीदार दीपेन्द्र जेठाराले जानकारी दिए । उनले भने, ‘मुलुक संकटमा परेका बेला हामीहरूले पनि केही सहयोग गर्नुपर्छ भनेर छलफल गर्‍यौँ, सबै साथीहरू सहमत हुनुभयो र एक दिनको सिदा बराबरको रकम जम्मा गर्‍यौँ,’ सहयोगबारे जानकारी दिँदै जेठारले भने ।

सहयोग रकम बुझ्दै प्रमुख जिल्ला अधिकारी पौडेलले कैदीबन्दीहरूलाई धन्यवाद दिए । उनले कैदीबन्दीबाट प्राप्त सहयोग रकम बुधबार नै नेपाल सरकारले स्थापना गरेको कोषमा जम्मा गरिने जानकारी पनि दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?