Comments Add Comment

दाउरा खोज्न गएकी युवती मृत भेटिइन्

४ वैशाख, गुल्मी । गुल्मीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् ।

जिल्लाको मदाने गाउँपालिका वडा नम्बर–४ म्यालपोखरी काब्राकी २३ वर्षकी मीना कुँवर मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रहरी निरीक्षक पंकज चुँदालीले बताए ।

बुधबार दिउँसो दाउरा खोज्न घरबाट गएकी युवती घरमा नआएपछि खोज्दै जाँदा बिहिबार दिउँसो भीरबाट लडेको अवस्थामा शब फेला परेको प्रहरीले जनाएको छ । युवती आफैं भिरबाट लडेको वा अन्य कुनै कारण भन्ने बारे नखुलेको प्रहरीले जनाएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए । युवतीको शवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment