+
+

टर्कीमा इरानभन्दा बढी संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ७ गते ०:५१

६ वैशाख, काठमाडौं । टर्की कोरोना भाइरस (कोभिड–१९) बाट सबैभन्दा बढी प्रभावित हुने मुलुक बनेको छ । शनिबार टर्कीले सार्वजनिक गरेको तथ्यांक अनुसार त्यहाँ कोरोना भाइरसका संक्रमितको संख्यामा ८२ हजार तीन सय २९ पुगेको हो ।

तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा टर्कीमा तीन हजार सात सय ८३ जना नयाँ संक्रमित फेला परेका हुन् । यससँगै टर्कीमा समग्र संक्रमितको संख्या चीनको तुलनामा केही सय मात्र कम देखिएको छ ।

चीनको वुहानबाट निस्किएको यो भाइरसको कारण पछिल्लो २४ घण्टामा टर्कीमा एक सय २१ जनाको मृत्यु भएको थियो । यससँगै समग्रमा टर्कीमा मृत्यु हुनेको संख्या एक हजार आठ सय ९० पुगेको छ ।

अहिलेसम्म टर्कीमा एक हजार आठ सय २२ जना संक्रमित निको भइसकेका छन् । पछिल्लो समय टर्कीले मुलुकमा हुने गरेको परीक्षणलाई पनि बढाउने निर्णय गरेको छ ।

पछिल्लो २४ घण्टामा मात्र टर्कीले ४० हजार पाँच सय २० जना मानिसमा कोरोना भाइरसको परीक्षण गरेको थियो ।

स्रोत : अल जा जीरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?