+
+

मोरङमा ८५ हजार परिवारलाई झण्डै ३० लाख किलो चामल वितरण

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ८ गते ११:११

८ वैशाख, विराटनगर । लकडाउनका कारण खाद्यान्न संकटमा परेका अतिविपन्न तथा गरिब घरपरिवारलाई मोरङका स्थानीय तहहरुले पहिलो चरणको राहत वितरण गरेका छन् । मोरङमा १७ स्थानीय तहले ८५ हजार एक सय सात दुई घरधुरीलाई राहत वितरण गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लाको १७ स्थानीय तहले अति विपन्न तथा गरिब घरपरिवारलाई खाद्यान्न वितरण गरेका छन् ।

सबै स्थानीय तहले गरी २९ लाख ७३ हजार चार सय दुई किलो चामल, एक लाख ७६ हजार छ सय ३४ किलो दाल वितरण गरेको मोरङ प्रहरीले जनाएको छ । त्यस्तै, ५८ हजार तीन सय ३८ किलो आलु, ८५ हजार दुई सय ३७ किलो नुन, ४९ हजार सात सय ८५ लिटर खाने तेल वितरण गरिएको छ ।

स्थानीय तहले परिवार संख्या हेरी २५ केजी र साढे १२ केजीका दरले चामल वितरण गरेका छन् । प्रदेश सरकारले राहत वितरणका लागि एक सय ३७ स्थानीय तहलाई साढै ९ करोड रुपैयाँ निकासा गरेको थियो ।

प्रदेश सरकारले राहत वितरणका लागि महानगरपालिकालाई २० लाख, उपमहानगरपालिकाहरूलाई १५ लाख, नगरपालिकाहरूलाई १० लाख र गाउँपालिकालाई ५ लाख रुपैयाँका दरले बजेट विनियोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?