
११ वैशाख, काठमाडौं । पूर्वसचिव भीम उपाध्यायलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
विद्युतीय कारोबार ऐनमा व्याख्या भएको कसुर अनुसार अनुसन्धानका लागि उपाध्यायलाई तीन दिन हिरासतमा राख्न प्रहरीले अदालतबाट अनुमति पाएको हो ।
जिल्ला अदालत, काठमाडौंले अनुसन्धानका लागि अनुमति दिएको नेपाल प्रहरीको साइबर ब्युरोका एसएसपी नविन्द अर्यालले अनलाइनखबरलाई बताए ।
यसअघि बुधबार राति उपाध्यायलाई प्रहरीले ललितपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।
उपाध्यायले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी गैरकानुनी विषय लेखेको प्रहरीको आरोप छ ।
अर्याल भन्छन्, ‘हामी उहाँको अन्य कसुरबारे पनि खोजी गरिरहेका छौँ।’ अर्यालका अनुसार उपाध्यायलाई अहिले महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेको हिरासतमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4