
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर
१८ वैशाख, काठमाडौं । कालोबजारीसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका व्यवसायी सुलभ अग्रवाल पुन: पक्राउ परेका छन् ।
अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनेबित्तिकै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइने उनले बताए ।
ज्वरो नाप्ने थर्मल गन कालोबजारी आरोपमा गत चैत २५ गते पक्राउ परेका अग्रवालविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंले बिहीबार २५ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
धरौटी बुझाएर रिहा हुनेबित्तिकै उनी पुन: पक्राउ परेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4