
१९ वैशाख, बुटवल । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका रुपन्देहीका युवक दुई साताअघि भारतबाट आएको पाइएको छ ।
कोटहीमाई गाउँपालिका वडा नंं. १ का २५ वर्षीय ती युवक ५ वैशाखमा भारतबाट घर आएका थिए । सम्मरीमाईको ठोटरी नाकाबाट आएका उनलाई दाइले घर नलगी मर्चबार आदर्श बहुमुखी क्याम्पसको क्वारेन्टाइन स्थलमा पुर्याएका थिए ।
क्वारेन्टाइनमा बसेका १० जनामध्ये उनमा कोभिड–१९ पोजेटिभ देखिएको गाउँपालिकाका अध्यक्ष चन्द्रभूषण यादवले जानकारी दिए । उनलाई शुक्रबार नै बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालमा ल्याइएको छ ।
उनको अवस्था सामान्य रहेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । उनको परिवारमा दाइसहित ८ जना छन् । सबैको स्वास्थ्य जाँच गर्ने तयारी भइरहेको प्रदेश जनस्वास्थ्य निर्देशनालयका प्रमुख डा. राजेन्द्र गिरीले बताए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4