२८ वैशाख, काठमाडौं । भारतले नेपाली भूमि मिचेर लिपुलेकमा सडक बनाएको विरोधमा प्रदर्शन गर्न लागेका कानून व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
माइतीघर मण्डलामा प्रदर्शनको तयारी गरेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिई नेपाल पुलिस क्लबमा राखेको छ ।
प्रहरीले वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी, अधिवक्ताहरु कञ्चनकृष्ण न्यौपाने, नारायण घिमिरे, रमेशकुमार केसीलगायतलाई नियन्त्रणमा लिएको हो ।
सीमा विवाद समाधानका लागि शान्तिपूर्ण धर्ना दिने तयारी गर्दा प्रहरीले नियन्त्रणमा लिएको अधिवक्ता न्यौपानेले अनलाइनखबरलाई बताए ।
शुक्रबार भारतले लिपुलेकमा नेपाली सीमा मिचेर बनाएको सडक उद्घाटन गरेपछि नेपालमा त्यसको विरोध हुँदै आएको छ ।