+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

सिताराम लेख्छन्–‘हाम्रो जन्मभूमि स्वर्गभन्दा प्यारो छ’

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २९ गते ९:१०

भारतले नेपालको भूमी प्रयोग गर्दै बाटो बनाएपछि यतिबेला यसको चर्को विरोध नेपालमा भैरहेको छ । नेपाल सरकारले पनि विज्ञप्ती निकालेर यसको विरोध गरिसकेको अवस्था छ ।

यो घटनाको चर्को विरोध नेपाली चलचित्रका कलाकारहरुले पनि गरिरहेका छन् । कलाकार सिताराम कट्टेलले सामाजिक संजालमा स्टाटस लेख्दै हामी सबैलाई हाम्रो जन्मभूमि स्वर्गभन्दा प्यारो हुने उल्लेख गरेका छन् ।

सिताराम लेख्छन्–‘विभिन्न समयमा नेपालको सिमा मिचिरहने र विवादमा आइरहने भारतले आफ्नो स्वभावलाई पछिल्लो कदम अन्र्तगत लिपुलेक हुँदै चिनको तिब्बतस्थित मानसरोवर जाने सडक निर्माणले प्रष्ट पारेको छ । कालापानी, लिपुलेक र सुस्तामात्र होइन, नेपाल–भारत सीमाका ७१ स्थानमा भारतीय पक्षले सधै विवाद निकाल्दै आएको छ । तसर्थ, स–सम्मान नेपाली भूमि फिर्ता गर्न भारतले यथासक्य छिटो कदम चालोस् भनी आग्रह गर्दछौ ।’

उनले, हामीलाई सीमा मिचेर ठूलो भू–भाग भएको छिमेकी हैन, ठूलो हृदय भएको छिमेकी चाहिएको पनि उल्लेख गरेका छन् । उनले, सीमा विवादको बिषयलाई आवेगमा होइन दीर्घकालिन समाधानका लाग संयम भएर अगाडि बढ्न सबैसँग अपिल पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?