+
+
Shares

१० लाख लिटर हवाई इन्धन नबिकेपछि मटितेलका रुपमा बेच्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३१ गते १८:१२

३१ वैशाख, काठमाडौं । नेपाल आयल निगमले करिब १० लाख लिटर हवाई इन्धनलाई मटितेलका रुपमा बेच्न भएको छ । लकडाउनका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई इन्धन बिक्रि ठप्प भएपछि हवाई इन्धनलाई मटितेलमा ‘डाउन ग्रेड’ गर्न छलफल थालिएको निगमले जनाएको छ ।

‘हवाई इन्धन खपत बढ्यो भने भरसक ट्यांकरको इन्धन भण्डारणमै खन्याउने भन्ने हो, तर भण्डारण खाली हुन पाएको छैन् झण्डै १० लाख लिटर हवाई इन्धन डाउन ग्रेड हुन सक्छ’ निगमका प्रवक्ता विनितमणी उपाध्यायले भने ।

त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल परिसरमा रहेको निगमको डिपोमा ६ हजार ४ सय किलोलिटर हवाई इन्धन भण्डारण हुन सक्छ । कोरोना कहरकाकारण निम्तिन सक्ने सम्भावित अभावलाई टार्न फागुन अन्तिम सातादेखिनै धेरै मात्रामा खरिद गरेर भण्डारणमा मौज्दात भरी बनाउँदा अहिले हवाई इन्धन डिपोमा खन्याउन नपाइएको निगमले जनाएको छ ।

भण्डारणमा खन्याउन नपाएर ५७ दिनदेखि ५० वटा ट्याकंरमा थन्किएको हवाई इन्धनलाई डाउन ग्रेड गर्न खोजिएको निगमको भनाइ छ । कोरोनाका कारण चैत ६ गतेदेखि हवाई सेवामा प्रतिबन्ध लागेपछि हवाई इन्धन बिक्रि बिक्री ९९ प्रतिशतले घटेको निगमको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?