+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

अस्ट्रेलियामा ६ लाखले गुमाए रोजगारी

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १ गते १५:०७

१ जेठ, काठमाडौं । अस्ट्रेलियामा कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण करिब ६ लाख मानिसले आफ्नो रोजगारी गुमाएका छन् । अस्ट्रेलियाका प्रधानमन्त्री स्टक मौरिसनले बिहीबार यस्तो जानकारी दिएका हुन्।

उनले पछिल्लो समय अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमण घट्दो क्रममा रहेको भए पनि मुलुकको अर्थतन्त्रमा पर्नसक्ने थप आर्थिक क्षतिको लागि तयार रहनुपर्ने बताएका छन् ।

यससँगै अस्ट्रेलियामा बेरोजगारी पाँच दशमलब २ प्रतिशतबाट बढेर ६ दशमलव २ प्रतिशतमा पुगेको छ । यद्यपि यो बेरोजगारी यसअघि अर्थशास्त्रीहरूले अनुमान गरेकोभन्दा कम हो । यसअघि अर्थशास्त्रीहरूले महामारीको कारण अस्ट्रेलियाको बेरोजगारी ८ दशमलव ३ प्रतिशतमा पुगेको छ । रोजगारीको हिसाबमा अन्य मुलुकको तुलनामा अस्ट्रेलियाको अवस्था केही राम्रो हो ।

प्रधानमन्त्री मौरिसनले महामारीको दिन निकै कठिन रहेको बताए । उनले आगामी दिनमा पनि अवस्था खराब नै रहने तर लकडाउन खुकुलो पारिएसँगै धेरै सुधार हुनसक्ने अनुमान गरिएको छ । सरकारले आगामी जुन महिनासम्म बेरोजगारी १० प्रतिशतसम्म पुग्ने अनुमान गरेको छ । यो अवधिमा अर्थतन्त्रमा पनि १० प्रतिशतको गिरावट आउने सरकारको अनुमान छ ।

अहिलेसम्म अस्ट्रेलियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब सात हजार पुगेको छ । साथै यो भाइरसको कारण अहिलेसम्म ७८ जनाको मृत्यु भइसकेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?