+
+

चोरबाटो हुँदै पटनाबाट विराटनगर, कोरोना परीक्षण नेगेटिभ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २ गते १४:४२

२ जेठ, विराटनगर । चोरबाटो हुँदै भारतबाट विराटनगर आएका एक युवकमा कोरोना संक्रमण नभएको पाइएको छ ।

एक साताअघि पटनाबाट चोरबाटो हुँदै घर आएका विराटनगर महानगरपालिका– ९ का २८ वर्षका युवकमा र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) पोजेटिभ देखिएको थियो । त्यसपछि दुई पटक पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

महानगरमा दश हजारको परीक्षण गर्नुपर्छ

भारतसँग सीमा जोडिएका कारण विराटनगर कोरोना संक्रमणको जोखिम उच्च छ । खुला सीमा भएका कारण भारतबाट लुकीछिपी भित्रने क्रम रोकिएको छैन ।

त्यसैले विराटनगरमा तत्काल १० हजार जनाका पीसीआर विधिबाट कोरोना परीक्षण गर्नुपर्ने विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की बताउँछन् ।

‘लकडाउनअघि भारतबाट ठूलो संख्यामा आएका छन् । लकडाउनको समयमा पनि आएका छन्’, उनी भन्छन् ‘सीमा क्षेत्रमा रहेकाले हामीले १० हजारको परीक्षण गर्नुपर्छ भनेका छौं ।’

स्वास्थ्य सामग्री अभावका कारण विराटनगर महानगरपालिकाले बुधबारसम्म जम्मा ४ सय २१ जनाको कोरोना जाँच गरेको छ । जति मानिस प्रवेश गरे त्यति नै परीक्षण नगर्दासम्म जोखिम रहने कार्की बताउँछन् ।

विराटनगर महानगरपालिकाले कोरोना परीक्षणका लागि सम्भावित संक्रमितको स्वाब संकलन तीब्र बनाएको छ । कोरोना संक्रमणको शंकास्पद व्यक्तिको थ्रोट स्वाब संकलनका लागि विराटनगरको जैन भवनमा बुथ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?