+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

स्वदेशी वस्तु उपयोगको लागि अभियान चलाइने

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २ गते १७:२५

२ जेठ, काठमाडौं । ‘स्वदेशी वस्तुको उपयोग गरौं, आन्तरिक उत्पादनलाई प्रोत्साहन गरौं’ भन्ने नारासहित सरकारले स्वदेशी वस्तु उपयोग गर्ने अभियान चलाउने भएको छ ।

आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सरकारले यस्तो घोषणा गरेको हो । सबै जमिनको उपयोग गरी कृषि उत्पादन गर्ने कार्यक्रम समेत नीति तथा कार्यक्रममा समेटिएको छ ।

आगामी आवमा सरकारले कृषिमा थप आधुनिकीकरणको योजना समेत बनाएको छ । प्रशोधित खाद्य वस्तु निर्यात गर्ने लक्ष्य सरकारले राखेको छ । कृषिमा वैदेशिक रोजगारीबाट फर्केका युवालाई प्रोत्साहन गर्ने भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकर‌ण परियोजनाको पुनर्संरचना गरी नेपालभर बिस्तार गरिने भएको छ । एक स्थानमा एउटै बालीको खेती गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?