
३ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आफ्ना कुनै कर्मचारीमा कोरोना संक्रमण नभएको बताएको छ । कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले विज्ञप्ति जारी गरी अस्पतालको कुनै पनि अस्पतालकर्मीमा कोरोना संक्रमण नभएको जानकारी दिएका छन् ।
त्रिवि शिक्षण अस्पतालमा जेठ १ गते कपिलवस्तुकी एक ६ वर्षकी बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उनको अवस्था सामान्य रहेको र उनीमार्फत संक्रमणको सम्भावना भएकाहरुको व्यवस्थापन, आइसोलेसन र परीक्षण जारी रहेको अस्पतालले जनाएको छ ।
*यसअघि यसै समाचारमा त्रिवि शिक्षण अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको भनी भुलवश उल्लेख भएकामा क्षमाप्रार्थी छौं । सं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4