Comments Add Comment

क्लब ब्रुगलाई बेल्जियम लिगको उपाधि

३ जेठ काठमाडौं ।  क्लब ब्रुगले बेल्जियन पहिलो डिभिजनको पुटबल प्रो लिगको उपाधि जितेको छ । कोरोनाभाइरस महामारीका कारण यसअघि नै बेल्जियन लिग रद्द गर्दै शीर्ष सथानको ब्रुगलाई नै च्याम्पियन बनाउने घोषणा भएको थियो ।

गत महिनाको यही निर्णयलाई प्रो लिगले आधिकारिक मान्यता दिदै ब्रुगलाई च्याम्पियन बनाएको हो । युरोपमा लिग रद्द गर्ने बेल्जियम पहिलो देश बने पनि शुक्रबार मात्रै यसले आधिकारिकता पाएको हो ।

लिग स्थगित हुनुअघि ब्रुगले दोस्रो स्थानको जेन्टमाथि १५ अंकको फराकिलो अग्रतासमेत बनाएको थियो । ब्रुगले ७० र जेन्टले ५५ अंक जोडेको थियो ।

ब्रुगले प्रो लिगको उपाधि जितेको यो १७औं पटक हो भने पछिल्लो ५ सिजनमा तेस्रो पटक हो ।

उपाधि जितेपछि ब्रुगले अर्को सिजनको युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा सीधै स्थान पक्का गरेको छ ।

यस्तै वासलान्ड-बेभेरेनले रेलिगेसनमा परेको छ । जेन्ट पनि च्याम्पियन्स लिगको क्वालिफाइङ राउण्डमा प्रवेश गरेको छ । यस्तै चार्लेरोइ, रोएल एन्तवर्प र स्टानडर्ड लिगले युरोपा लिगमा स्थान बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment