+
+

नागढुंगामा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार प्रकरण : अभद्र व्यवहारको मुद्दा चल्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ५ गते १३:०१
फाइल फोटो

५ जेठ, काठमाडौं । नागढुंगामा स्वयम्सेवी युवक भन्ने व्यक्तिबाट दुर्व्यहारमा परेको डा. नारायण कार्कीले काठमाडौं प्रहरीमा किटानी जाहेरी दिएका छन् । बाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक समेत रहेका कार्कीले उत्तम कार्कीविरुद्ध किटानी जाहेरी दिएका हुन् ।

काठमाडौं प्रहरी परिसर, टेकुको मुद्दा शाखाका डीएसपी कृष्ण चन्दले अभद्र व्यवहार सम्बन्धी कसूरमा जाहेरी दखास्त परेको अनलाइनखबरलाई बताए । उनले भने, ‘अनुसन्धान सुरु भएको छ, छानविनका क्रममा अन्यको पनि संलग्नता देखिए मुद्दा चल्छ ।’

शुक्रबार बिहान कार्कीसहतिका व्यक्तिले नागढुंगा नाकामा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेका थिए । परिचय पत्र देखाउँदा पनि खनतलासी लिँदै उनीहरुले फेसबुक लाइभ समेत गरेका थिए । व्यापक जनदबाबपछि प्रहरीले आइतबार कार्कीलाई पक्राउ गरेको थियो ।

यो पनि पढ्नुस् 

डा. नारायण कार्कीको बयान : इन्स्पेक्टरले नै टोले गुण्डा अघि सारे, भागेर हेटौंडा फर्किएँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?